नेप्सेले सार्वजनिक गर्यो स्टक डिलरका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र व्यापारी (स्टक डिलर) का लागियोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ । नेप्सेले बिहीबार धितोपत्र व्यापारी कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३:२ बमोजिम मापदण्ड पूरा गरेका योग्य ११२ कम्पनीको नाम सार्वजनिक गरेको हो ।
स्टक डिलरका रुपमा कारोबारका लागि योग्य कम्पनीहरुमा १९ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक, ५ वटा फाइनान्स कम्पनी रहेका छन् । त्यस्तै २६ वटा लघुवित्त संस्था, २५ वटा जलविद्युत कम्पनी, ७ वटा जीवन बिमा कम्पनी, ११ वटा निर्जीवन बिमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी र २ वटा अन्य समूहका कम्पनी रहेका छन्।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया