नेप्सेले सार्वजनिक गर्यो स्टक डिलरका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र व्यापारी (स्टक डिलर) का लागियोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ । नेप्सेले बिहीबार धितोपत्र व्यापारी कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३:२ बमोजिम मापदण्ड पूरा गरेका योग्य ११२ कम्पनीको नाम सार्वजनिक गरेको हो ।
स्टक डिलरका रुपमा कारोबारका लागि योग्य कम्पनीहरुमा १९ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक, ५ वटा फाइनान्स कम्पनी रहेका छन् । त्यस्तै २६ वटा लघुवित्त संस्था, २५ वटा जलविद्युत कम्पनी, ७ वटा जीवन बिमा कम्पनी, ११ वटा निर्जीवन बिमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी र २ वटा अन्य समूहका कम्पनी रहेका छन्।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया