चिकित्सकको सामूहिक राजीनामापछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
जलेश्वर । चिकित्सक अभावमा यहाँस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामूहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो ।
तलब, भत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको अर्थोपेडिक डा. सरोज भगतले बताए । अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकलाई बेवास्ता गरेको स्थानीयको आरोप छ ।
उक्त अस्पतालमा दैनिक दुई सय बिरामी आउने गरेका छन् । विशेषज्ञ डाक्टर नहुँदा आफूहरू प्रभावित भएको जलेश्वर–२ का अनिलकुमार साहले बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या सामाधानतर्फ आफू लागेको बताए ।
उनले अस्पताल व्यस्थापन समिति, मधेस सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए । साथै उनले राजीनामा गरेका डाक्टरलाई हाललाई असारसम्मको तलबभत्ता लिएर काममा फर्कन तथा बाँकी रकम पनि यथाशक्य चाँडो व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया