सुप विश्वविद्यालयको तीन संकायनका डिनका लागि आवेदन माग
काठमाडौं । सुदूरपश्चि विश्वविद्यालय (सुप) का तीन संकायनका रिक्त डिन पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको डिन छनोट समितिले मानविकी तथा सामाजिक शास्त्र, कानून र प्राकृतिक स्रोत व्यवस्थापन संकायनको डिन नियुक्ति प्रक्रिया अघि बढाएको हो ।
छनोट समितिले सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७ अनुसार डिन नियुक्ति प्रक्रिया अघि बढेको जनाउँदै १५ दिनभित्र आवेदन दिन भनेको छ ।
छनोट समितिका अनुसार इमेलमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । इमेलमार्फत बुझाइएका आवेदन तथा संलग्न कागजातका हार्डकपी भने विश्वविद्यालयको सामान्य प्रशासन महाशाखामा बुझाउनुपर्ने जारी सूचनामा उल्लेख छ ।


प्रतिक्रिया