समस्याग्रस्त लालीगुराँस सहकारीको २९६ गाई बिक्री गर्दै सरकार
काठमाडौं । समस्याग्रस्त लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित फार्ममा रहेका गाई सरकारले बिक्री गर्ने तयारी गरेको छ ।
लालीगुरासँ सहकारीले चितवनको खैरहनी नगरपालिका–१२ मा सञ्चालन गरेको काउ फार्ममा रहेका २९६ गाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिक्री गरिदिन लागेको हो ।
लालीगुराँसले सञ्चालन गरेको काउ फार्मका दूध दिने, बच्चा जन्माउने, बच्चा गरी २९६ गाईहरू सहकारी ऐन, २०७४ अनुसार बेचबिखन गरी व्यवस्थापन गर्न लागेको समितिले जनाएको छ ।
समितिले शुक्रबार एक सूचना जारी गर्दै आगामी ७ दिनभित्र समितिको कार्यालय बुद्धनगरमा आशयसहितको निवेदन दर्ता गराउन अनुरोध गरेको छ ।
लालीगुराँस सहकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गत फागुन २९ को निर्णयअनुसार समस्याग्रस्त घोषित भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया