NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

समस्याग्रस्त लालीगुराँस सहकारीको २९६ गाई बिक्री गर्दै सरकार

काठमाडौं । समस्याग्रस्त लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित फार्ममा रहेका गाई सरकारले बिक्री गर्ने तयारी गरेको छ ।

लालीगुरासँ सहकारीले चितवनको खैरहनी नगरपालिका–१२ मा सञ्चालन गरेको काउ फार्ममा रहेका २९६ गाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिक्री गरिदिन लागेको हो ।

लालीगुराँसले सञ्चालन गरेको काउ फार्मका दूध दिने, बच्चा जन्माउने, बच्चा गरी २९६ गाईहरू सहकारी ऐन, २०७४ अनुसार बेचबिखन गरी व्यवस्थापन गर्न लागेको समितिले जनाएको छ ।

समितिले शुक्रबार एक सूचना जारी गर्दै आगामी ७ दिनभित्र समितिको कार्यालय बुद्धनगरमा आशयसहितको निवेदन दर्ता गराउन अनुरोध गरेको छ ।
लालीगुराँस सहकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गत फागुन २९ को निर्णयअनुसार समस्याग्रस्त घोषित भएको थियो ।