भारतमा कोभिड–१९ संक्रमितको संख्या ४ करोड ३० लाख ३९ हजार नाघ्यो
काठमाडौं (एजेन्सी) । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शुक्रबार बढेर ४ करोड ३० लाख ३९ हजार भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा कोरोना सक्रङ्मण भएपछि कुल सङ्क्रमतिको संख्या ४ करोड ३० लाख ३९ हजार ९७२ पुगेको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।
यसका साथै बिहीबार बिहानसम्म महामारीका कारण थप ६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ५ लाख २१ हजार ७४३ पुगेको छ ।अझै पनि यहाँ ११ हजार १९१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । पछिल्लो २४ घण्टामा १३३ सक्रिय सङ्क्रमित बढेको पाइएको छ । ७८ दिनपछि देशमा सक्रिय संख्या बढेको हिजो दोस्रो दिन भएको समाचारमा जनाइएको छ ।
हालसम्म ४ करोड २५ लाख ७ हजार ३८ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ८१० जना डिस्चार्ज भएका समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया