धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर विजयी
काठमाडौं । धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सुनिल कापर केवट निर्वाचित भएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरे ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया