कीर्तिपुर अपडेट : कांग्रेसका डंगोलको अग्रता कायमै, पछि परे स्वतन्त्र उम्मेदवार
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका सुरेन्द्र मानन्धरले पछ्याइरहँदा स्वतन्त्र उम्मेदवार चौथोमा झरेका छन् ।
निर्वाचन आयोगका अनुसार, कांग्रेसका मेयर उम्मेदवारले ७८९ मत हासिल गरेका छन् । उनलाई नजिकबाट पछ्याइरहेका एमालेका सुरेन्द्र मानन्धरको ६६६, माओवादी केन्द्रका शिवशरण महर्जनको ४६५ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ४१८ मत पाएका छन् ।
त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीको २३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जनले ११९ मत हासिल गरेका छन् ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया