कीर्तिपुर अपडेट : कांग्रेसका डंगोलको अग्रता कायमै, पछि परे स्वतन्त्र उम्मेदवार

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका सुरेन्द्र मानन्धरले पछ्याइरहँदा स्वतन्त्र उम्मेदवार चौथोमा झरेका छन् ।
निर्वाचन आयोगका अनुसार, कांग्रेसका मेयर उम्मेदवारले ७८९ मत हासिल गरेका छन् । उनलाई नजिकबाट पछ्याइरहेका एमालेका सुरेन्द्र मानन्धरको ६६६, माओवादी केन्द्रका शिवशरण महर्जनको ४६५ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ४१८ मत पाएका छन् ।
त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीको २३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जनले ११९ मत हासिल गरेका छन् ।
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया