जिम्बाब्बेमा बस दुर्घटना, ३२ को ज्यान गयो
काठमाडौं (एजेन्सी) । सवारी दुर्घटनामा परी जिम्बाब्वेमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
देशको जिओन क्रिश्चियन चर्चका सदस्यहरु चढेको सवारी साधन शुक्रबार दुर्घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
जिम्बाब्वेको दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिपिङ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य ४० जना गम्भीर घाइते भएका बताइएको छ ।
घाइतेमध्ये केहीको अवस्था अत्यन्त चिन्ताजनक रहेकाले मृतकहरूको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरूले बताएका छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया