एनपिएल : जनकपुरले टस हार्यो, बलिङ गर्दै लुम्बिनी
काठमाडौं । जारी नेपाल प्रिमियर लिगको आजको पहिलो खेलमा जनकपुरले टस जितेर पहिले बलिङ रोजेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेका लुम्बिनीका कप्तान रोहित पौडेलले जनकपुरलाई ब्याटिङको निम्तो दिएका हुन् ।
जनकपुरले अब सुरुमा ब्याटिङ गर्नेछ ।
जनकपुरको प्लेइङ–११ मा आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, शेर मल्ल रहेका छन् भने लुम्बिनीमा आशुतोष घिरैया, अर्जुन साउद, टम मुर्स, रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, बेन कटिङ, साद विन जफर, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, अभिषेक गौतमलाई राखिएको छ ।
लुम्बिनीले यसअघि तीन खेल खेलेकोमा सबैमा हार व्यहोरेको छ भने जनकपुर अपराजित छ । त्यसैले लुम्बिनी आफ्नो पराजित यात्रामा ब्रेक लगाएर आजको खेलमा जित निकाल्न चाहन्छ । त्यस्तै, लयमा रहेको जनकपुर पनि जितको सिलसिला कायम राख्ने दाउमा छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया