स्वास्थ्य मन्त्रालयले थाल्यो दुई कर्मचारी हटाउने प्रक्रिया
काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका दुई कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि गैरहाजिर कर्मचारीलाई स्पष्टीकरण सोध्दै मन्त्रालयले कारबाही प्रक्रिया थालेको हो ।
स्पष्टीकरणतथा सफाइ पेश गर्ने मौका दिइएकामा आठौं तहका आयुर्वेद चिकित्सक सुइरा जोशी र पाँचौं तहकी ल्याब टेक्निसियन सरिता पौडेल छन् ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रसुवामा कार्यरत जोशी ०७९ चैत १९ देखि र मेथिनकोट अस्पताल काभ्रेपलाञ्चोकमा कार्यरत पौडेल ०७९ चैत ३ देखि हालसम्म बिना जानकारी गैरहाजिर छन् ।
नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार बिदा स्वीकृत नगरी बिदामा बसेकाले जोशी र पौडेलसँग १५ दिने स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया