रौतहटमा सवारी दुर्घटना, ८ जनाको मृत्यु, ५ घाइते
काठमाडौं । रौतहटमा स्कार्पियो गाडी दुर्घटनामा पर्दा ८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।
निजगढबाट चपुरतर्फ जाँदै गरेको बा१६च ३१६२ नंम्बरको स्कार्पियो मंगलबार बिहान चन्द्रपुर नगरपालिका–४ स्थित धन्सार पुल नजिकै दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय, रौतहतका अनुसार, दुर्घटनामा सिराहा अर्नामा गाउँपालिका–३, बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा, सोही स्थानकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका–५, बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादवको मृत्यु भएको छ ।
दुर्घटनाका घाइते ५ जनालाई उद्धार गरी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया