देशका चार स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं । देशका अलग–अलग चार स्थानमा भएका दुई सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
कैलालीका तीन र रुकुमपूर्वको एक स्थानमा भएको सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाएका हुन् ।
कैलालीको टीकापुर नगरपालिका–८, गोदावरी नगरपालिका–४ र धनगढी उपमहानगरपालिका–१८ मा भएका सवारी दुर्घटनामा तीन जनाएको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार, हुलाकी सडकखण्डअन्तर्गत टीकापुर नगरपालिका–८, फाँटामा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय विनोद चौधरी, भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–४ मा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किंदा कञ्चनपुरको शुक्लाफँटा नगरपालिका–११ कलुवापुरका ३० वर्षीय हिक्मत महरा र धनगढी उपमहानगरपालिका–१८, डिपो बजारमा डल्लबसँग मोटरसाइकल ठोक्किंदा कैलारी गाउँपालिका–३ हसुलिया बस्ने ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते तीनै जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
उता, रुकुमपूवको सिस्ने गाउँपालिका–६, खोपिचारमा गएराति अटो रिक्सा दुर्घटना हुँदा १२ वर्षीया विष्णु बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई जिल्ला अस्पताल रुकुमपूर्व लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाका चार घाइतेलाई गएराति नै उद्धार गरी अस्पताल पुर्याइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया