श्रीलंकाको राजदूतमा सिफारिस नेपालीविरुद्ध उजुरी आह्वान

काठमाडौं । श्रीलंकाको आवासीय राजदूतमा सिफारिस पूर्णबहादुर नेपालीविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ ।
समितिले बिहीबार एक सूचना जारी गरी मर्यादित भाषामा प्रमाणसहित १० दिनभित्र नेपालीविरुद्ध उजुरी दिन आग्रह गरेको हो ।
उजुरी समितिको सचिवालयमा सिधै गएर वा ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि दिन सकिनेछ । उजुरीमा उजुरीकर्ताको नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा उल्लेख हुनुपर्ने समितिको भनाइ छ । परिचयसहित उजुरी दिनुपर्ने भए पनि उजुरीकर्ताले चाहेको खण्डमा सबै विवरण गोप्य राखिने समितिले स्पष्ट पारेको छ ।
श्रीलंकाको रिक्त राजदूतमा सरकारले केही दिनअघि नेपालीलाई सिफारिस गरेको थियो । राजदूतमा सिफारिस व्यक्तिउपर संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम समितिले यससम्बन्धी प्रक्रिया अघि बढाएको हो ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया