श्रीलंकाको राजदूतमा सिफारिस नेपालीविरुद्ध उजुरी आह्वान
काठमाडौं । श्रीलंकाको आवासीय राजदूतमा सिफारिस पूर्णबहादुर नेपालीविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ ।
समितिले बिहीबार एक सूचना जारी गरी मर्यादित भाषामा प्रमाणसहित १० दिनभित्र नेपालीविरुद्ध उजुरी दिन आग्रह गरेको हो ।
उजुरी समितिको सचिवालयमा सिधै गएर वा ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि दिन सकिनेछ । उजुरीमा उजुरीकर्ताको नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा उल्लेख हुनुपर्ने समितिको भनाइ छ । परिचयसहित उजुरी दिनुपर्ने भए पनि उजुरीकर्ताले चाहेको खण्डमा सबै विवरण गोप्य राखिने समितिले स्पष्ट पारेको छ ।
श्रीलंकाको रिक्त राजदूतमा सरकारले केही दिनअघि नेपालीलाई सिफारिस गरेको थियो । राजदूतमा सिफारिस व्यक्तिउपर संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम समितिले यससम्बन्धी प्रक्रिया अघि बढाएको हो ।
ताजा अपडेट
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव



प्रतिक्रिया