काठमाडौंमा आज वर्षकै चिसो, २ डिग्रीमा झर्यो तापक्रम
काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार यस वर्षकै चिसो महसुस भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, शनिबार बिहान काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन भएको छ । शनिबार नै बिहान ०५ः४५ मा गरिएको मापनमा २.५ डिग्री सेल्सियस मापन भएकोमा ९ बजे २ डिग्रीमा झरेको हो ।
यसअघि बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको थियो ।
तापक्रम घटेसँगै काठमाडौं उपत्यकामा चिसो महसुस भएको छ ।
मंसिर महिनामै तापक्रम २ डिग्री सेल्सियस मापन भएकाले यस वर्ष काठमाडौंमा चिसो बढी हुने प्रक्षेपण मौसमविद्ले गरेका छन् ।
ताजा अपडेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो


प्रतिक्रिया