काठमाडौंमा आज वर्षकै चिसो, २ डिग्रीमा झर्यो तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार यस वर्षकै चिसो महसुस भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, शनिबार बिहान काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन भएको छ । शनिबार नै बिहान ०५ः४५ मा गरिएको मापनमा २.५ डिग्री सेल्सियस मापन भएकोमा ९ बजे २ डिग्रीमा झरेको हो ।
यसअघि बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको थियो ।
तापक्रम घटेसँगै काठमाडौं उपत्यकामा चिसो महसुस भएको छ ।
मंसिर महिनामै तापक्रम २ डिग्री सेल्सियस मापन भएकाले यस वर्ष काठमाडौंमा चिसो बढी हुने प्रक्षेपण मौसमविद्ले गरेका छन् ।
प्रतिक्रिया