आज देशभरको मौसम सफा रहने
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ ।
आइतबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
यसैबीच, काठमाडौं उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ ।
हिजो यहाँको तामक्रम दुई डिग्री सेल्सियस मापन गरिएकामा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ । आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।
आज यहाँ सूर्योदय ६ः४७ तथा सूर्यास्त ५ः११ मा हुनेछ ।
ताजा अपडेट
-
१० हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
-
शुक्लाफाँटामा कृष्णसारको संख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
कक्षा १२ मा नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण, १ लाखभन्दा बढी विद्यार्थीमा ‘एनजी’
-
पहिरोले लमजुङ-मनाङ सडक अवरुद्ध, दर्जनौँ सवारीसाधन अलपत्र
-
मेक्सिको विश्वकप-२०२६ को नकआउट चरणमा प्रवेश


प्रतिक्रिया