रविको मुद्दा आज अदालतमा, के आउला आदेश ?

काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिने भएको छ ।
लामिछानेमाथि अनुसन्धान गरेर प्रहरीले बुझाएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गत सोमबार बुझेको थियो । उक्त प्रतिवेदनका आधारमा आज उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न लागिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले आइतबार रविविरुद्ध मुद्दा दायर हुने जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले शुक्रबार सोही प्रकरणमा मुछिएका जिवी राईलगायत व्यक्तिविरुद्ध मुद्दा दायर गरिसकेको छ । संगठित अपराधमा अनुसन्धान थालेको ९० दिनभित्र अनुुसन्धान सकाएर अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने कानूनी प्रबन्ध छ । जसअनुसार आइतबार यो प्रकरणमा मुछिएकाविरुद्ध मुद्दा दायर गरिसक्नुपर्छ ।
रविमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरेको थियो । यी तीनै अभियोगमा उनीविरुद्ध मुद्दा दायरको तयारी सरकारी पक्षले गरेको छ ।
अदालतमा रविविरुद्ध मुद्दा दायर भएपछि दुवै पक्षका वकिलबीच थुनछेक बहस हुनेछ । बहस सकिएपछि अदालतले साधारण तारेख र धरौटीमा छाड्ने या पुर्पक्षका लागि कारागार पठाउनेमध्ये कुनै एक निर्णय लिनेछ ।
आइतबार मुद्दा दायर भए पनि थुनछेक बहस भने सोमबारबाट मात्र हुनेछ । दुई पक्षमा बहस गर्ने अधिवक्ताको संख्या धेरै भएकाले यससम्बन्धी बहस भने केही दिन लम्बिने सम्भावना छ ।
संसदीय छानबिन समितिको सिफारिसका आधारमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही राति कास्की पुर्याइएका उनलाई गोरखा मिडिया प्रालिमा रकम सारिएका जिल्लामै पुर्याएर प्रहरीले बयान लिएको थियो । रवि र उनको दल रास्वपाले सहकारी ठगीमा संलग्न नभए पनि सरकारले राजनीतिक प्रतिशोध साँधेर नियन्त्रणमा लिएको दाबी गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया