NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १ गते

नेपाल कमर्स क्याम्पसको प्रमुखमा आवेदन माग

काठमाडौं । नेपाल कमर्स क्याम्पस, नयाँबानेश्वरको क्याम्पस प्रमुखमा दरखास्त आह्वान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले आइतबार एक सूचना प्रकाशित गरी रिक्त क्याम्पस प्रमुखमा आवेदन माग गरेको हो ।

त्रिवि विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० तथा त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डअनुसार रिक्त क्याम्पस प्रमुखमा आवेदन माग गरिएको क्याम्पस प्रमुख छनोट समितिले जनाएको छ ।

समितिले आइतबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्याक्तिलाई सात दिनभित्र इमेलमार्फत र सक्कल प्रति शिक्षाध्यक्षको कार्यालयमा सिलबन्दी गरी आवेदन दिन भनेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष