मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको निधन
काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता एवं शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ ।
उनको सोमबार बिहान जोरपाटीस्थित निवासमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
दनुवारलाई सुतेको स्थानमा श्रीमानले अचेत भेटेपछि अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।
दिवंगत दनुवार मानव बेचबिखनविरुद्धको गतिविधिमा सक्रिय हुँदै आएकी थिइन् । अमेरिकाको विदेश मन्त्रालयबाट टप हिरोको सम्मान पाएकी उनलाई फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा समेत राखेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया