स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण

काठमाडौँ । मुलुकमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको हो ।
मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ । यसअघि यस्तो परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता थियो ।
प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने जनाइएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी चार थरीका नमूना परीक्षण नियमित गर्नेछ ।
भारतमा स्तन क्यान्सरको वंशानुगत नमूना परीक्षणका लागि रु ६० हजार लाग्ने गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यो परीक्षण रु ३० हजारमा हुने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया