रुसले आणविक आक्रमण गर्न सक्ने जेलेन्स्कीको भनाइ
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा रुसले आणविक आक्रमण गर्न सक्ने भएकाले विश्व यसका लागि तयार हुनुपर्ने बताएका छन् ।
अमेरिकी टिभी च्यानल सिएनएनलाई दिएको अन्तर्वार्तामा जेलेन्स्कीले सिआईए निर्देशकले हालै गरेको टिप्पणीप्रति आफू चिन्तित भएको बताए ।
सिआइएका निर्देशकले बिहीबार रूसले आफ्नो आक्रमणको क्रममा रणनीतिक आणविक हतियार प्रयोग गर्न सक्ने बताएका थिए । जेलेन्स्कीले अन्तवार्तामा भने, ‘यो मेरो मात्र होइन, सबै देश चिन्तित छन् ।’ उनले भने, ‘हामी डराउनु हुँदैन तर प्रतिकारका लागि तयार हुनुपर्छ ।’
गत महिना रुसी राष्ट्रपति भवन क्रेमलिनका प्रवक्ताले रूसले आफ्नो अस्तित्व खतरामा पर्दा मात्र आणविक हतियारहरूको सहारा लिने बताएका थिए । जेलेन्स्कीलाई रूसी युद्धपोत मोस्क्भा डुबाउने बारेमा पनि प्रश्न सोधिएको थियो । यसमा उनले भने, ‘हामीलाई थाहा छ अस्तित्वमा छैन । हाम्रोविरुद्धमा बलियो हतियार थियो, मस्क्भा डुब्नु हाम्रा लागि दुखद घटना होइन ।’
युक्रेनमा रुसले आक्रमण सुरु गरेको ५१ दिन पुगिसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया