NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

बाल गायक सचिन परियारकाे निधन

काठमाडौं । बाल गायक सचिन परियारकाे निधन भएकाे छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार बिहान उपचारका क्रममा उनकाे निधन भएकाे हाे ।

अस्पताल प्रशासनले बिहीबार बिहान १० बजेर ४५ मिनेटमा उनकाे निधन भएकाे जनाएकाे छ ।

१३ वर्षीय सचिनकाे स्वास्थ्यमा गत वर्षदेखि नै समस्या आएकाे थियाे । उपचारपछि स्वास्थ्यमा केही सुधार आए पनि कतिपय स्वास्थ्य समस्या यथावत् थिए । पछिल्लाे समय स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएकाे थियाे ।

कृष्ण कँडेलद्वारा सञ्चालित कार्यक्रम इन्द्रेणीबाट चर्चामा आएका उनकाे ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत गीत चर्चित भएका थिए । यसका अतिरिक्त उनले विभिन्न म्युजिक भिडियाे र टेलिसिरियलमा पनि अभिनय गरेका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष