सशस्त्र प्रहरीले माग्यो विभिन्न पदमा ११७५ जनशक्ति
काठमाडौं । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्ति गर्नेगरी विभिन्न पदमा ११७५ जनशक्ति माग गरेको छ ।
सशस्त्र प्रहरी बल, भर्ना तथा छनौट शाखा, हलचोकले शुक्रबार सूचना प्रकाशित गरी निरीक्षक, सहायक निरीक्षक, जवान, भान्छे, कुचिकार, सुचिकार, केश कर्तक र चर्मकर्मीमा आवेदन माग गरेको हो ।
खुला, समावेशी र अमर अशक्त सशस्त्र प्रहरीका सन्ततिलाई छुट्याएर गरिएको विज्ञापनमा सबैभन्दा धेरै जवानमा ९४१ जनशक्ति माग गरिएको छ । त्यसैगरी, ६८ निरीक्षक, ८३ सहायक निरीक्षक, २० भान्छे, १९ कुचिकार,१० सूचीकार, २४ केशकर्तक र १४ चर्मकर्मीमा पनि विज्ञापन गरिएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले पुस २४ देखि आगामी माघ २४ भित्र अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । तर अनलाइनमार्फत बुझाएको आवेदन माघ २८ गते रोजिएको सम्बन्धित कार्यालयमा गई सक्कलै बुझाउनु पर्ने भर्ना तथा छनौट शाखाले जनाएको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता



प्रतिक्रिया