सशस्त्र प्रहरीले माग्यो विभिन्न पदमा ११७५ जनशक्ति

काठमाडौं । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्ति गर्नेगरी विभिन्न पदमा ११७५ जनशक्ति माग गरेको छ ।
सशस्त्र प्रहरी बल, भर्ना तथा छनौट शाखा, हलचोकले शुक्रबार सूचना प्रकाशित गरी निरीक्षक, सहायक निरीक्षक, जवान, भान्छे, कुचिकार, सुचिकार, केश कर्तक र चर्मकर्मीमा आवेदन माग गरेको हो ।
खुला, समावेशी र अमर अशक्त सशस्त्र प्रहरीका सन्ततिलाई छुट्याएर गरिएको विज्ञापनमा सबैभन्दा धेरै जवानमा ९४१ जनशक्ति माग गरिएको छ । त्यसैगरी, ६८ निरीक्षक, ८३ सहायक निरीक्षक, २० भान्छे, १९ कुचिकार,१० सूचीकार, २४ केशकर्तक र १४ चर्मकर्मीमा पनि विज्ञापन गरिएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले पुस २४ देखि आगामी माघ २४ भित्र अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । तर अनलाइनमार्फत बुझाएको आवेदन माघ २८ गते रोजिएको सम्बन्धित कार्यालयमा गई सक्कलै बुझाउनु पर्ने भर्ना तथा छनौट शाखाले जनाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया