सामसङको नयाँ एआई वाशिंग मेसिन सार्वजनिक
काठमाडौं । सामसङले नेपालमा २ नयाँ बिस्पोक एआई वाशिंग मसिन सार्वजनिक गरेको छ ।
सामसङले १२ केजीसम्मको क्षमता, एआई-वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा सार्वजनि गरेको हो ।
स्मार्टथिंगसएपद्वारा स्मार्टफोनमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने उक्त मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँने कम्पनीकाे विश्वास छ । मेसिनमा भएकाे स्पेसम्याक्स टेक्नोलोजीले घरमा सजिलै फिट हुने र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्ने कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार नयाँ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिनेछ । साे मेसिन १२केजी लाइन–अप दुइवटा फरक मोडलहरूमा उपलब्ध छ । दुवै मोडलहरूको मूल्य एक लाख १४ हजार ९० र एक लाख २० हजार ९९० रहेको छ।
यस मेसिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कबाट नेपाल भरी उपलब्ध गराइएको कम्पनीले जनाएकाे छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया