कञ्चनपुरमा महिलाको शंकास्पद मृत्यु, ७ जना पक्राउ
काठमाडाैं । कञ्चनपुरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका-७ को मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको शव शंकास्पद मृत्यु भएको अवस्थामा फेला परेको छ ।
घटना संकास्पद भएकाले भएकाले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जनाएको छ । पक्राउ पर्न्मा धामी झाक्रीसहित ७ जना स्थानीय रहेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरकै भीमदत्त नगरपालिका-७ बस्ने धामीझाक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका-१ बस्ने नारायणदत्त भट्टले झारफुक गर्ने क्रममा कुुटपिट गरेर महिलाको हत्या गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनकै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आगनमा मृत्यु भएको अवस्थामा रन्चुलाको शव बरामद गरिएको छ ।
महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीकाअनुसार स्थानीयले घटना हिजो साझको भएको बताए पनि शव सडेको अवस्थामा भेटिएकाले धेरै कुरा अनुसन्धानपछि मात्र थाहा हुने बताइएको छ ।
ताजा अपडेट
-
‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ : सुधन गुरुङ
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
रविले बोलाए सर्वदलीय बैठक
-
नेपाल–भारतबाट चाँडै उच्चस्तरीय भ्रमण हुने अपेक्षा छ : परराष्ट्रमन्त्री
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण


प्रतिक्रिया