आज कृषि मन्त्रालयले अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्दै
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबहाली गरेका दिन मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको कृषि अनुदान विवरण सार्वजानिक गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले भने, “गरिब, विपन्न किसानले कृषि अनुदान प्राप्त गर्न सकुन् भन्ने मेरो ध्येय हो । कृषि अनुदान वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शी बनाउनु जरुरी छ । यसैका लागि मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको हो ।”
ताजा अपडेट
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट सुनसरीमा १०४ किलो गाँजा बरामद, चालक फरार
-
भारतले सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा गौर डुबानको जोखिममा


प्रतिक्रिया