धनुषामा हुलाक कार्यालय स्थापना
जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ ।
एक पालिका, एक हुलाकको अवधारणाअन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा कार्यालय स्थापना भएको हो । लक्ष्मीनियाँ-७ स्थित बजारमा आज हुलाक कार्यालयको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले हुलाक कार्यालयको स्थापनाले गाउँपालिकाका जनताले सरल, सहज तथा सुलभ तरिकाले सेवा पाउने विचार व्यक्त गरे ।
सरकारी सेवा गाउँगाउँसम्म पु-याउन सरकारले गरेको उक्त प्रयासको प्रशंसा गर्दै उनले हुलाकको आवश्यकता र महत्व अझै रहेको बताए ।
हुलाक निर्देशनालय जनकपुरधामका निमित्त हुलाक निर्देशक लाल झाले हुलाक सेवाकोे ऐतिहासिक महत्व तथा ग्रामीण क्षेत्रमा यसको पहँचका फाइदाबारे चर्चा गरे । उनले कार्यालयबाट स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार तथा अन्य सन्देश सेवा सहजरुपमा सञ्चालन हुनेमा विश्वास व्यक्त गरे ।
हुलाक कार्यालय सञ्चालन भएपछि पत्राचार, पार्सल सेवा, सरकारी सूचना आदानप्रदानका सुविधा प्रदानलगायत अन्य सुविधा प्रदानमा सहज हुने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया