धनुषामा हुलाक कार्यालय स्थापना
जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ ।
एक पालिका, एक हुलाकको अवधारणाअन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा कार्यालय स्थापना भएको हो । लक्ष्मीनियाँ-७ स्थित बजारमा आज हुलाक कार्यालयको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले हुलाक कार्यालयको स्थापनाले गाउँपालिकाका जनताले सरल, सहज तथा सुलभ तरिकाले सेवा पाउने विचार व्यक्त गरे ।
सरकारी सेवा गाउँगाउँसम्म पु-याउन सरकारले गरेको उक्त प्रयासको प्रशंसा गर्दै उनले हुलाकको आवश्यकता र महत्व अझै रहेको बताए ।
हुलाक निर्देशनालय जनकपुरधामका निमित्त हुलाक निर्देशक लाल झाले हुलाक सेवाकोे ऐतिहासिक महत्व तथा ग्रामीण क्षेत्रमा यसको पहँचका फाइदाबारे चर्चा गरे । उनले कार्यालयबाट स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार तथा अन्य सन्देश सेवा सहजरुपमा सञ्चालन हुनेमा विश्वास व्यक्त गरे ।
हुलाक कार्यालय सञ्चालन भएपछि पत्राचार, पार्सल सेवा, सरकारी सूचना आदानप्रदानका सुविधा प्रदानलगायत अन्य सुविधा प्रदानमा सहज हुने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया