इजरायल र हमासबीच युद्धविराम सम्झौता, बन्धक बनाइएका छुट्ने

काठमाडौं । युद्धरत इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ । योसँगै १५ महिनादेखि जारी युद्ध रोकिने भएको छ ।
कतार र अमेरिकाको मध्यस्थतामा दुई पक्षबीच बिहीबार युद्धविराम गर्ने सम्झौता भएको हो ।
सम्झौतामा एक–अर्कालाई आक्रमण नगर्ने र बन्दी बनाइएकाहरूलाई सकुशल रिहा गर्ने उल्लेख भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बिबिसीले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीलाई उद्धृत गर्दै युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने जनाएको छ । इजरायली मन्त्रिपरिषद्बाट युद्धविरामको निर्णय हुन बाँकी रहेकाले त्यसबेलासम्म भइसक्ने ठानिएको छ ।
सम्झौतासँगै युद्धका कारण विस्थापित भएकाहरूलाई घर फर्कंन बाटो खुलेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले दुईबीच युद्धविराम सम्झौता भएको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरेली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा गर्ने विषय समेटिएको जनाएका छन्।
युद्धविरामको पहिलो चरण ६ साता लामो रहने बताइएको छ । यो अवधिमा इजरायली बन्धकहरूलाई हमासले छाड्ने छ भने इजरायलले पनि आफ्ना फौज फिर्ता गरेर प्यालेस्टिनी बन्दीहरू रिहा गर्नेछ ।
पहिलो चरणको युद्धविराम सफल भएमा त्यसपछि स्थायी युद्धविरामका लागि संवादहरू अघि बढाइने बताइएको छ ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणमा १ हजार २०० बढीको ज्यान गएको थियो भने नेपाली विद्यार्थी विपिन जोशीसहित २५१ जनालाई बन्धक बनाइएको थियो । योसँगै विपिनलाई रिहा गर्ने बाटो खुलेको छ ।
१५ महिना लामो यस युद्धका क्रममा दुवै पक्षले धनजनको ठूलो क्षति व्यहोरेका छन् । इजरायलले गाजामा गरेको आक्रमणमा मात्रै ४६ हजार मानिसको ज्यान गएको छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया