५९ नेता–कार्यकर्ताले एमाले छाडे, भीम रावललाई साथ दिने घोषणा
काठमाडौं । नेकपा (एमाले) को विभिन्न जिम्मेवारीमा रहेका ५९ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी भीम रावललाई साथ दिने घोषणा गरेका छन् ।
उनीहरूले एक विज्ञप्ति जारी गर्दै भीम रावलले थालेको मातृभूमि अभियानलाई साथ दिने घोषणा गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता उन्माद देखाएर स्वेच्छाचारी कार्यशैली देखाएकाले सो पार्टी परित्याग गरेर रावलको अभियानलाई साथ दिएको उनीहरूकाे भनाइ छ ।
एमाले त्यागेर रावलको अभियानलाई साथ दिनेहरूमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दूधकला विष्ट, केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, प्रदेश कमिटी आथिक विभाग सदस्य दीपक सुनार, सुदूरपश्चिम प्रदेश सल्लाहकारहरू हर्क कुँवर, सुशीला बोगटी र सुरथ भुललगायत छन् ।
नेकपा (एमाले) को यही पुस १० गते बसेको सचिवालय बैठकले पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रावललाई पाटीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । एमालेले कारबाही गरेसँगै रावलले मातृभूमि अभियान घोषणा गरेर एमालेभित्रका र अन्य दलका असन्तुष्ट पक्षलाई समेट्ने प्रयास गरिरहेका छन् ।
रावलले नयाँ अभियान थालेपछि एमाले छाडेर पहिलो पटक यति धेरैले साथ दिएका हुन् ।स्रोतका अनुसार रावलले एमालेका अन्य नेता तथा कार्यकर्तालाई पनि आफ्नो अभियानमा तान्ने प्रयास गरिरहेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया