युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बित

काठमाडाैं । सवारी चेकजाँचका क्रममा एक युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेल निलम्बित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले उनीमाथि अनुसन्धान अनुसन्धान अघि बढाउँदै निलम्वन गर्ने निर्णय गरेकाे हाे ।
सार्वजनिक भिडियाेले भुजेलमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएकाले निलम्बन गरिएकाे जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएकाे छ ।
प्रहरीद्वारा जारी विज्ञप्तिमा जनमानसमा नकारात्मक असर पर्न नदिन तथा संगठनकाे प्रतिष्ठामा आँच आउन नदिन निलम्बित गरेर अनुसन्धान थालेकाे उल्लेख छ ।
चितवनकाे भरतपुर महानगरपालिका वडा नं. ११ पारस बसबार्कदेखि आँपटारी जाने राेडस्थित मञ्जुश्री आश्रम नजिक गत पुस १५ गते ड्युटीमा रहेका भुजेलले एक युवकमाथि बुटैबुटले अन्धाधुन्ध आक्रमण गरेका थिए । सामाजिक सञ्जालमार्फत भिडियाे सार्वजनिक भएपछि त्यसमा संलग्न प्रहरीमाथि कारबाही गर्नुपर्ने आवाज चाैतर्फी उठिरहेकाे छ ।
प्रतिक्रिया