अखिल क्रान्तिकारीमा फेरि विवाद, मतगणना रोकियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनको मतगणना स्थगित भएको छ । उम्मेदवारी मनोनयनदेखि नै अनेक विवादमा पर्दै आएको क्रान्तिकारीमा मसीको विवादले गणना प्रभावित भएको हो ।
अखिल क्रान्तिकारीको मतदानस्थलमा रातो साइनपेन राखिएको थियो । तर विश्वविद्यालय र विशेष प्रदेशको मतपत्रमा कालोमसी प्रयोग गरेको भेटिएपछि गणनामा विवाद उत्पन्न भएको हो ।
अध्यक्षका प्रत्यासी विजय सापकोटा कालोमसीलाई मान्यता दिनुपर्ने पक्षमा भए पनि अन्य उम्मेदवार त्यसको विपक्षमा उभिएमतगणना प्रभावित भएको निर्वाचन समितिले जनाएको छ । विवाद सुल्झाएर मतगणना कार्यलाई अघि बढाउन अहिले प्रयास भइरहेको छ ।
प्राप्त पछिल्लो मतगणनाअनुसार सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ । उपदेश यादव तेस्रो र सुदिन पौडेल चौथो स्थानमा रहेर संघर्ष गरिरहेका छन् । प्रत्यासीमध्ये विजय प्रचण्ड, हेमन्त जनार्दन शर्मा, उपदेश नारायणकाजी श्रेष्ठ र सुदिन अर्का नेता वर्षमान पुन निकट मानिन्छन् ।
अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा मतदान भएको थियो ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया