अध्यादेशबारे निर्णय गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाउने र बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय लिइने बताए ।
पार्टीका उपाध्यक्ष राजकिशोर यादव संयोजकत्वको कार्यदलले अध्यादेशबारे विज्ञहरूसँग छलफल गरी प्रतिवेदन तयार पारेको छ ।
सरकारले ल्याएका ६ अध्यादेशले कानूनी रूप लिन संघीय संसदका दुवै सदनबाट पारित हुनुपर्ने हुन्छ । तर प्रतिनिधिसभामा सत्तासाझेदार दल नेकपा एमाले र नेपाली कांग्रेस स्पष्ट बहुमतमा रहे पनि ५९ सदस्यीय राष्ट्रियसभामा उनीहरूका २८ सांसद् मात्र छन् । त्यसैले ३ सांसद् रहेको जसपा नेपाल अध्यादेशलाई स्वीकृत गर्ने या अस्वीकृत गर्ने भन्नेमा निर्णायक देखिएको छ ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया