अध्यादेशबारे निर्णय गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाउने र बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय लिइने बताए ।
पार्टीका उपाध्यक्ष राजकिशोर यादव संयोजकत्वको कार्यदलले अध्यादेशबारे विज्ञहरूसँग छलफल गरी प्रतिवेदन तयार पारेको छ ।
सरकारले ल्याएका ६ अध्यादेशले कानूनी रूप लिन संघीय संसदका दुवै सदनबाट पारित हुनुपर्ने हुन्छ । तर प्रतिनिधिसभामा सत्तासाझेदार दल नेकपा एमाले र नेपाली कांग्रेस स्पष्ट बहुमतमा रहे पनि ५९ सदस्यीय राष्ट्रियसभामा उनीहरूका २८ सांसद् मात्र छन् । त्यसैले ३ सांसद् रहेको जसपा नेपाल अध्यादेशलाई स्वीकृत गर्ने या अस्वीकृत गर्ने भन्नेमा निर्णायक देखिएको छ ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया