यस्ता छन् जसमा केन्द्रीय कार्यकारिणी समिति बैठकका निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने भएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’लाई निरन्तरता दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
‘बैठकमा केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूले कार्यप्रगति विवरणको लिखित प्रतिवेदन प्रस्तुत गरेको र उक्त अभियान उपलब्धिमूलक भएको पार्टीको निष्कर्ष छ । अभियानले पार्टीमा उmर्जा र उत्साह बढाउनुका साथै जनतामाझ पार्टीको विश्वास र भरोसा अभिवृद्धि गरेको भन्दै पार्टीले अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ,’ बस्नेतले भने ।
जसपा नेपालले अभियानलाई निरन्तरता दिने निर्णयसहितको परिपत्र मातहत समितिलाई पठाइसकेको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
-
‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन् ७ सदस्य ,२१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
प्रतिक्रिया