आठ करोड बढी खर्चेर बनाइयो पालिकाको पक्की भवन

त्रिवेणी (रुकुमपश्चिम) । आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ ।
विसं २०७९ माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई रु सात करोड ५९ लाख ६२ हजार ६८५ भुक्तानी भइसकेको छ । तीनतले उक्त भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ ।
ताजा अपडेट
-
स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य
-
प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै, सोमबारसम्म स्थगित
-
प्रधानमन्त्री ओलीद्वारा निर्माणाधीन टियु क्रिकेट मैदानको अवलोकन
-
प्रतिनिधिसभा बैठक फेरि साढे पाच बजेलाई सर्यो
-
प्रधानमन्त्री ओली भन्छन् : ७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो
प्रतिक्रिया