ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करण अमेरिकामा
काठमाडौं । ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को आठौं संस्करण आगामी अगस्तमा अमेरिकाको कोलोराडोमा हुने भएको छ ।
काठमाडौंमा मङ्गलबार आयोजित विशेष समारोहबीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करणको समय तय गरिएको हो ।
बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थितिमा आठौँ संस्करणको समय तय गरिएको हो ।
‘नेपाली फिल्म भिलेज टु ग्लोब’ नारासहित आयोजना हुन लागेको उक्त संस्करणमा चलचित्रकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यले विगतदेखि नै आयोजना हुँदै आएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताए ।
“संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिबारे परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेका हौं,” उनले भने ।
नेपाल फिल्म सोसाइटी, नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिका र हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको संयुक्त आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।
हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले नेपाली चलचित्रको विकास र प्रोत्साहन गर्न कार्यक्रम गर्न लागिएको बताए । कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीसहित वरिष्ठ कलाकारहरू हरिहर शर्मा, शम्भुजीत बास्कोटा, शोभित उप्रेती, मोहन निरौला, बसन्त श्रेष्ठ, भुवन चन्द, बसुन्धरा भुसाल, तीर्थ थापा, दीपेन्द्र गौचन, मदनदाश श्रेष्ठ, राधेश्याम लेकाली, सुनिल थापा, प्रशान्त ताम्राकार, डा भीमार्जुन आचार्य, अशोक शर्मालगायतको उपस्थिति थियो ।
‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचानः गाउँदेखि विश्वबजारसम्म’ नारासहित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानका लागि सन् २०१६ देखि नियमित आयोजना गरिँदै आएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया