प्रतिनिधिसभा बैठक : भारतमा रहेका विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहलको माग
काठमाडौँ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले भारतको उडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) वुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिन र त्यहाँ अध्ययनरत अन्य विद्यार्थीको सुरक्षाका लागि भारत सरकारसँग समन्वय गर्न सरकारलाई आग्रह गरे ।
सांसदहरु छविलाल विश्वकर्मा, माधव सापकोटा, ध्रुवबहादुर प्रधान, ठाकुर गैरेले प्रकृति लम्सालको रहस्यमय मृत्युबारे छानबिन, दोषीमाथि कारबाही तथा केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको माग गरेका हुन् ।
सांसद प्रभु साहले शिवरात्रि मेला लाग्ने क्षेत्रमा सुरक्षित यातायात तथा सडक, खानेपानी, शौचालय, स्वास्थ्यउपचार, सुरक्षा व्यवस्थामा ध्यान पु-याउनुपर्ने बताए ।
अर्की सांसद डा तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीमा भएको आर्थिक हिनामिना र त्यससम्बन्धमा भएको छानबिन बारेमा सदनलाई जानकारी दिनुपर्ने बताइन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया