९४ अर्ब ५२ करोड राजस्व संकलन
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । यो गत आवको सोही अवधिमा सङ्कलित रकममा रु सात अर्ब ९५ करोडले बढी हो ।
उक्त कार्यालयले उक्त अवधिमा रु एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको हो । “दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ”, उनले भने ।
गत साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड र असोजमा रु १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो । यो कार्यालयलाई चालु आवमा रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्न सरकारले निर्देशन दिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया