ओस्कार अवार्ड पाएपछि रोइन् साल्डाना
काठमाडौं (एजेन्सी) । अमेरिकाको लस एन्जलसमा भइरहेको ओस्कार अवार्ड वितरण कार्यक्रममा जोई साल्डानाले सर्वश्रेष्ठ सहायक अभिनेत्रीको पुरस्कार जितेकी छन् ।
जोई साल्डानाको यो पहिलो ओस्कार अवार्ड हो।
‘इमिलिया पेरेज’मा उत्कृष्ट अभिनय गरेबपत उनले यो पुरस्कार पाएकी हुन्।
ओस्कार अवार्ड प्राप्त गरेपछि उनी निकै भावुक बनिन् । ओस्कार अवार्ड वितरणको लाइभमा उनी भावुक बनेर रोएको देखिन्छ ।
उनले भनिन्, ‘म यो पुरस्कार पाउने डोमिनिकन मूलकी पहिलो अमेरिकी हुँ, मलाई थाहा छ म यो पुरस्कार पाउने अन्तिम व्यक्ति होइन।’
अहिलेसम्म क–कसले पाए अवार्ड ?
यस वर्षको ९७औं ओस्कार अवार्डमा अनोरा फिल्मले उत्कृष्ट सम्पादनको अवार्ड पाएको छ।
पोशाक डिजाइनका लागि पल टाजवेलले ओस्कार अवार्ड पाइसकेका छन्। अश्वेतबाट यस विधामा ओस्कार अवार्ड पाउने उनी पहिलो व्यक्ति हुन् ।
त्यस्तै, इरानी फिल्म निर्माता हुसेन मोलायेमी र शिरिन सोहानीले ‘द शैडो अफ द साइप्रस’का लागि एनिमेटेड सर्ट फिल्मको विधामा ओस्कार अवार्ड पाएका छन्।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया