इन्द्रावतीमा युवतीको शव फेला
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ । करिब २५–३० वर्षको जस्तो देखिने ती युवतीको शव आज फेला परेको हो ।
दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ । उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो ।
शव फेला परेपछि प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज, दुवाकोट भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया