पर्याप्त वर्षा नहुँदा काठमाडौँको आकाश खुलेन, वायु प्रदूषण बढ्यो

काठमाडौँ । पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ ।
मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले बताइन् । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” उनले भनिन्, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।”
‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाचौँ प्रदूषित सहरका रुपमा सुचीकृत भएको छ । आज काठमाडौंको वायु प्रदूषण एक सय ६३ एक्युआई पुगेको छ ।
विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रुपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ भने दोस्रोमा चीनको बेइजिङ परेको छ । तेस्रो प्रदूषित सहर बङ्गलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँदिल्ली रहेको छ ।
ताजा अपडेट
-
भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित नियन्त्रणमा
-
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
-
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेकाे छुट
-
हिमालयले आज जलवायुको सबैभन्दा ठूलो भार बोकेकाे छ : परराष्ट्रमन्त्री
-
संसदीय समितिबाट निजामती विधेयक पास, २ वर्ष कुलिङ पिरियड, उमेर हद ६० वर्ष
प्रतिक्रिया