तीन पालिकाले सडकबत्तीको पाँच करोड बक्यौता तिर्न बाँकी
इटहरी । सुनसरीका तीन स्थानीय तहले सडकबत्तीको रु पाँच करोड ९१ लाख ६० हजार बक्यौता तिर्न बाँकी रहेको छ ।
इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराक्षेत्र नगरपालिकाले सडकबत्तीको बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिए ।
बक्यौता तिर्न पटक–पटक सूचना जारी गरे पनि हालसम्म नतिरेको उनले बताए । इटहरी उपमहानगरपालिकाले रु तीन करोड ७७ लाख ४० हजार, बराहक्षेत्र नगरपालिकाले रु एक करोड ३५ लाख २५ हजार र रामधुनी नगरपालिकाले रु ७८ लाख ९४ हजार बक्यौता तिर्न बाँकी रहेको छ ।
प्रमुख साहले भने, “बक्यौता रकम तिर्न पालिकालाई पत्र पठाउँदै आएका छौँ ।” इटहरी वितरण केन्द्रका सूचना अधिकारी सुरज गोसाईंका अनुसार प्रत्येक महिना सडकबत्तीको बिल पालिकालाई पठाउने गरिएको छ । प्राधिकरणले बक्यौता नतिर्नेको विद्युत्को लाइन काट्दै आएको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा साउन महिनायता १२ हजार ८२ जनाको लाइन काटिएको उनले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया