आगामी निर्वाचनमा एमाले ६० प्रतिशत स्थानमा विजयी हुन्छ : उपमहासचिव गुरुङ
काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशत स्थानमा विजयी हासिल गर्ने दावी गरेका छन् । प्रचार विभागले सोमबार गरेको फेसबुक लाइभमा अन्तर्वार्ता दिँदै गुरुङले गठबन्धन महासंकटमा फसेकाले उनीहरूले अपेक्षकृत नतिजा ल्याउन नसक्ने जिकिर गरे ।
‘एकीकृत समाजवादी पार्टीलाई एमालेले जितेको सबै स्थानमा भाग चाहिएको छ । कांग्रस र माओवादीभित्र धेरै असन्तुष्टि बढ्दै गएको छ’, उनले भने, ‘गठबन्धन दलमा पार्टी छोड्नेका सुनामी आएको छ । पहिला वामपन्थीबाट मात्र एमाले प्रवेश गर्थे । अहिले कांग्रेसबाट डरलाग्दो गरी एमााले प्रवेश गरेका छन् ।’
०७४ मा भन्दा यसपालि एमाले बलियो भएको छ । त्यतिबेला एमाले–माओवादीसहितले ६४ प्रतिशत मत पाएकाले समस्या आएको उनको भनाइ थियो । अहिले एमाले एकल नेतृत्वमा पार्टी एकताबद्ध भएकाले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने उनको जिकिर गरे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया