काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिद्वारा आत्मदाह प्रयास
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् ।
गएराति साढे १२ बजे उत्तम कार्की नाम गरेका एक व्यक्तिले आत्मदाह प्रयास गरेका हुन् । प्रहरीले गएराति नै उनको उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पु–याएको छ । हात र अनुहार जलेका उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।
फेसबुक लाइभमा आएर कार्कीले आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनी चन्द्रागिरिका स्थानीय हुन् ।
बुधबार राति फेसबुकमा आएका उनले स्थानीय एक युवतीले मानसिक तनाव दिँदै उल्टो आफूलाई पक्राउ गराएको, आफूमाथि भएको अन्यायबारे प्रहरीलाई जानकारी गराउँदा नसुनेको र त्यही कारण बुवाआमाले दुःख पाएकाले आत्मदाहको बाटो रोजेको बताएका थिए ।
प्रहरीका अनुसार, एक युवतीले दिएको अभद्र व्यवहारको उजुरीका आधारमा पक्राउ परेका उनी १८ दिन प्रहरी हिरासतमा बसेर रिहा भएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया