काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिद्वारा आत्मदाह प्रयास
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् ।
गएराति साढे १२ बजे उत्तम कार्की नाम गरेका एक व्यक्तिले आत्मदाह प्रयास गरेका हुन् । प्रहरीले गएराति नै उनको उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पु–याएको छ । हात र अनुहार जलेका उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।
फेसबुक लाइभमा आएर कार्कीले आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनी चन्द्रागिरिका स्थानीय हुन् ।
बुधबार राति फेसबुकमा आएका उनले स्थानीय एक युवतीले मानसिक तनाव दिँदै उल्टो आफूलाई पक्राउ गराएको, आफूमाथि भएको अन्यायबारे प्रहरीलाई जानकारी गराउँदा नसुनेको र त्यही कारण बुवाआमाले दुःख पाएकाले आत्मदाहको बाटो रोजेको बताएका थिए ।
प्रहरीका अनुसार, एक युवतीले दिएको अभद्र व्यवहारको उजुरीका आधारमा पक्राउ परेका उनी १८ दिन प्रहरी हिरासतमा बसेर रिहा भएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया