कालोसूचीमा परे १० निर्माण कम्पनी
काठमाडौं । १० निर्माण कम्पनी सरकारको कालोसूचीमा परेका छन् । ठेक्का सम्झौताअनुसार कार्य नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले यी निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा राखिएका निर्माण तथा आपूर्ति कम्पनीहरूमा तारालक्ष्मी निर्माण सेवा, ममता मञ्जु कन्स्ट्रक्सन प्रालि, सनम निर्माण सेवा, निर्जरा निर्माण सेवा, इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि र जिएस निर्माण संसार कम्पनी प्रालि छन् । उनीहरूलाई क्रमशः धुर्कोट गाउँपालिका, सभापोखरी गाउँपालिका, सीताराम माध्यमिक विद्यालय, डोटी र सशस्त्र प्रहरी बल नेपालको सिफारिसमा कालोसूचीमा राखिएको हो ।
त्यसैगरी, कमन कन्स्ट्रसनललाई सशस्त्र प्रहरी बल नेपाल, राजेन्द्र निर्माण सेवा प्रालि, रफिना एण्ड कन्स्ट्रक्सन प्रालि र रमन निर्माण कन्स्ट्रक्सन कम्पनी प्रालिलाई पुरातत्व विभागको सिफारिसमा कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
एकदेखि एक वर्ष ६ महिनासम्म कालोसूचीमा राखिएका यी निर्माण तथा आपूर्ति कम्पनी यो अवधिमा कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सामेल हुन पाउने छैनन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा



प्रतिक्रिया