पुस्तक बेचेर महावीर पुनले एक महिनामै कमाए १ करोड

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो जीवनीमा आधारित पुस्तक ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ बिक्रीबाट एक महिनामै एक करोड आम्दानी गरेका छन् ।
पुस्तक बिक्रीबाट भएको आम्दानी वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि खर्च गर्ने घोषणा गर्दै देश दौडाह गरेका उनले त्यसको बिक्रीबाट अनपेक्षित आम्दानी गरेका हुन् ।
सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै पुनले पुस्तक बिक्री गरेर आफूले मासिक सरदर ७० लाखदेखि १ करोड रूपैयाँसम्म आम्दानी गरिरहेको बताए ।
‘किताब बेचेर सरदर महिनाको रु. ७० लाखदेखि १ करोड रूपैयाँसम्म पो कमाइ हुन्छ हाउ,’ पुनले प्रशन्नता प्रकट गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
राष्ट्रिय आविस्कार केन्द्र स्थापना गरेर वैज्ञानिक अध्ययन तथा अनुसन्धानमा क्रियाशील पुनले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्य राखेका छन् । त्यही उद्देश्य पूरा गर्न उनले आफ्नो आत्मकथा पुस्तक प्रकाशन गराएका थिए । यसबाट उनले हालसम्म करोडौं आम्दानी गरिसकेका छन् ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया