सुनको मूल्य निरन्तर अकासिँदो, तोलाको कति पुग्यो ?
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार एक सयमा कारोबार भएको सुन आज तोलामा रु एक हजार एक सयले बढेर रु एक लाख ७५ हजार दुइ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला रु एक लाख ७४ हजार ५०० कायम भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु दुई हजार ५० निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया