NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सुनको मूल्य निरन्तर अकासिँदो, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार एक सयमा कारोबार भएको सुन आज तोलामा रु एक हजार एक सयले बढेर रु एक लाख ७५ हजार दुइ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला रु एक लाख ७४ हजार ५०० कायम भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु दुई हजार ५० निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष