भारतमा दैनिक संक्रमितको संख्या ९० प्रतिशतले बढ्यो
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या ९० प्रतिशतले वृद्धि भएको छ ।
कोरोना भाइरसको नयाँ भेरिएन्टको रुपमा रहेको ओमिक्रोनको संक्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर संक्रमणमुक्त भइसकेकाहरुको संख्या चार करोड २५ लाख १० हजार ७७३ पुगेको छ ।
कुल संक्रक्रमितमध्ये ९८.७६ प्रतिशत संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया