NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३ गते

सुनको मूल्य घट्यो

काठमाडौँ । गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ ।

गत आइतबार प्रतितोला रू एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा रू एक हजार सात सयले घटेर एक लाख ८४ हजार तीन सयमा  किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी तोलामा १५ रूपैयाँले घटेर एक हजार ९४५ मा खरिदबिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।