NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १३ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ ।

लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएको छ ।

विसं २००४ सालमा काठमाडौंमा जन्मिएका ७७ वर्षीय डंगोल नेपाली कांग्रेसको जिल्ला समिति काठमाडौंको पूवर्् कोषाध्यक्ष र सभापतिसमेत हुन् । उनी काठमाडौं महानगरपालिकाको पूर्वउपप्रमुख समेत बने ।

नेपाली राजनीतिमा जुझारू नेताको परिचय बनाएका डङ्गोल ०६२–६३ को जनआन्दोलनमा काठमाडौंमा कमाण्डरका रूपमा खटिएका थिए ।

दिवंगत डंगोलको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकु दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भीमसेनदास प्रधानले जानकारी दिए ।